Logo
Logo

आज र भोलि काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज र भोलि काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।

महानगरले एक सूचना जारी गर्दै बिहीबार (आज) गाईजात्रा र शुक्रबार (भोलि) गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने जानकारी दिएको हो ।

असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्