Logo
Logo

राजनीतिमा अवसरवाद र अराजकता बढ्योः एमाले (पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेले पछिल्लो समय राष्ट्रिय राजनीतिमा चुनौती थपिएको निष्कर्ष निकालेको छ । चौथो महाधिवेशनस्थल सिराहाको सर्रे अम्बासमा भएको सचिवालयको २५औं बैठकले पछिल्लो समय देखिएको अवसरवाद र अराजकता राष्ट्रिय राजनीतिमा चुनौती बनेर तेर्सिएको निचोड निकालेको हो ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण तथा अस्थिरताले पार्टीमाथि चुनौती थपिएको छ । यतिबेला जनताले भोग्नुपरिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ ।’

प्रतिक्रिया दिनुहोस्