Logo
Logo

प्रधानमन्त्रीसहित मोर्चाका नेताहरु आज सुर्खेत जाँदै



काठमाडौं । समाजवादी मोर्चाले आज वीरेन्द्रनगरमा ‘सन्देश सभा’ आयोजना गर्दैछ । बिहान ११ बजेबाट सुरु हुने सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसका लागि प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुर्खेत जाँदैछन् ।

वीरेन्द्रनगरको सिटी हलमा आयोजित उक्त सभामा प्रदेश स्तरीय मोर्चाको घोषणा समेत हुने छ । बुधबार धनगढीमा हुने कार्यक्रम भने स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्