Logo
Logo

कञ्चनपुर प्रहरी हिरासतबाट एक थुनुवा फरार



धनगढी । कञ्चनपुरमा प्रहरीको हिरासतबाट एक थुनुवा फरार भएका छन्। लागुऔषध सम्बन्धि कसुरमा कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा बुधबार राति साढे ८ फरार भएका हुन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझा बस्ने २६ वर्षीय वीरेन्द्र बडायक प्रहरीलाई झुक्याएर हिरासतबात भागेको स्रोतले जनाएको छ। बडायक इलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए।

उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्येन्टिलेसनको ग्रिल तोडेर भागेको बताइएको छ। उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्