Logo
Logo

नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य



काठमाडौं । महिला टी–२० विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन जोड्यो । नेपालका लागि प्रारम्भिक ब्याटर सिता रानामगरले अविजित ३८ रन बनाइन्। कप्तान रुबिना क्षेत्रीले १२ र अप्सरा बेगमले १७ रन बनाए ।

सुरुका तीन बलमै तीन विकेट गुमाएको नेपाललाई सिताले अप्सरासँग ५१ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्