Logo
Logo

मलेसियालाई हराउँदै नेपालको विजयी सुरुवात



काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा मलेसियालाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । आज सबिहान क्लालाम्पुरस्थित बायमास ओभलमा घरेलु टोली मलेसियालाई नेपालले ५ रनले पराजित गरेको हौ ।

८५ रनको विजयी लक्ष्यसहित मैदानमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमात्र बनाउन सक्यो । लेसियाका लागि कप्तान जुलिया वान रोस्लीले सर्वाधिक २८ रनको योगदान गरिन् । त्यस्तै एइना हमिजाले १४ रन बनाइन् । नेपालका कविता कुँवर र कविता जोशीले समान २–२ विकेट लिए। रुविना क्षेत्री र अस्मिना कर्मचार्यले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्