Logo
Logo

एक महिलाको मस्तिष्कमा जिउँदो जुका भेटियो



काठमाडौं । अस्ट्रेलियाकी एक जना महिलाको मस्तिष्कमा जिउँदो जुका भेटिएको छ । मस्तिस्कमा भेटिएको ८ सेन्टिमिटर लामो जुका ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत वर्ष निकालिएको हो ।

महिलाको मस्तिस्कमा जुका भेटिएको विश्वमै पहिलो पटक भएको वैज्ञानिकहरूले बताएका छन् । जुका भएकी ती महिलामा अस्वाभाविक लक्षणहरू देखिएका थिए । जस्तै पेट दुख्ने, खोकी लाग्ने र रातको समयमा पसिना आउने, बिस्तारै बिर्सँदै जाने र डिप्रेसनका लक्षणहरू देखिएका थिए ।

त्यसपछि उपचारका लागि ती महिला सन् २०२१ को ज्यानुअरी अन्तिममा अस्पतालमा भर्ना भएकी थिइन् । उपचारका क्रममा जुन २०२२ मा बायोप्सी गर्ने बेला चिकित्सकहरुले उनको मस्तिस्कमा जुका रहेको पत्ता लगाएका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार अस्ट्रेलियामा पाइने ‘कार्पेट पाइथन’ नामक एक प्रकारको सर्पमा यस्ता जुकाहरू प्रायःजसो पाइने पाइन्छ । तर, तालको छेउमा बस्ने ती महिलाले ताल वरपरको हरियो सागसब्जी खाने क्रममा जुका उनको मस्तिष्कमा पुगेको हुनसक्ने वैज्ञानिकहरु बताउँछन् ।

अस्ट्रेलियाका परजीवी विज्ञानविज्ञ मेहराब हुसेनले ‘इमर्जिङ इन्फेक्सियस डिजिजेज’ जर्नलमा प्रकाशित आफ्नो लेखमा यो घटनाबारे चर्चा गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्