Logo
Logo

विद्यार्थीहरुसँग गरिएको उधारो सहमति स्वीकार्य छैन: बडाल



काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने घोषणा गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिबारे बालुवाटारमा गरिएको उधारो सहमति मान्य नहुने बताएका हुन् ।

‘शुल्क वृद्धि फिर्ता नभएसम्म आन्दोलन सरकारवादी संगठनलाई अनसनको नाटक मञ्चन गराएर बालुवाटारमा गरिएको उधारो सहमति अनेरास्ववियुलाई स्वीकार्य छैन । हाम्रो आन्दोलन जारी छ । जबसम्म आईओईले शुल्क फिर्ताको निर्णय गर्दैन, तबसम्म भोलिबाट त्रिवि पदाधिकारीहरुलाई कार्यकक्षमा निषेध गरिनेछ’, उनले भनेका छन् ।

यसअघि हिजो बुधबार सत्ता गठबन्धन आवद्ध विद्यार्थी संघहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँचबुँदे सहमति गरेका थिए ।

सरकारी विद्यार्थी संगठनहरुसँग गरिएको सहमति:

प्रतिक्रिया दिनुहोस्