Logo
Logo

विप्लवले बोलाए स्थायी समिति बैठक



काठमाडौं । नेत्रविक्रक चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको स्थायी कमिटी सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनमा आएपछि रुष्ट भएको नेकपाले बैठकमा विरोधका थप कार्यक्रम, सरकारप्रति दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा छलफल हुने जनाइएकाे छ ।

बुधबार एमसीसी सम्झौता कार्यान्वयनमा आएपछि विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले विरोध गरेको छ । महासचिव विप्लवले बुधबाु नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल एमसीसी कार्यान्वयन नगर्न चेतावनी दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए ।

सरकार र एमसीसीका अधिकारीबीच बुधबार कार्यान्वयन प्रतिवेदन आदानप्रदान भएको थियो । नेपालको सांसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको सम्झौताबारे अमेरिकाले लिखित प्रतिबद्धता नआएसम्म कार्यान्वयन हुन नदिने अडान नेकपाको छ ।

एमसिसि परियोजना कार्यान्वयनमा आएपछि सरकारसँग असन्तुष्टि जनाएका नेकपा विप्लनले समाजवादी मोर्चाबाटसमेत अलग हुने चेतावनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्