Logo
Logo

दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली



काठमाडौं । एसिया कप- २०२३ को दोस्रो खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।

हिजो बुधबारदेखि सुरु भएको एसिया कपमा भारतसँग हुने दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । नेपालले दोस्रो खेल भदौ १८ गते (सोमबार) भारतसँग श्रीलंकामा खेल्नेछ ।

पाकिस्तानको मुल्तान खेल मैदनमा बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग फराकिलो अंकले पराजित भएको थियो ।

नेपाली टोली र पाकिस्तानी टोली करिब एकै समय इस्लामावादबाट श्रीलंका पुगेको हो। त्यहाँ नेपाली टोलीलाई श्रीलंकन झाँकीसहितको टोलीले स्वागत गरेको छ। 

प्रतिक्रिया दिनुहोस्