काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज ५ गते चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहँदा नेकपा एमाले नेताहरु त्यसअघि नै चीन जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई उछिन्दै एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली चीन जान लागेको हो । यही आउने आइतबार महासचिव पोखरेलको नेतृत्वमा चीन जान लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । उनका अनुसार टोलीका कति जना रहन्छन् भन्नेचाहिँ टुंगो लागिसकेको छैन ।
प्रचार प्रम्ुख गौतमका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा चीन भ्रमणमा जान लागेको हो । भ्रमण टोलीमा पार्टी नेतादेखि भातृ संगठनका प्रतिनिधिसमेत रहने भएका छन् । उनीहरको भ्रमण साताव्यापी ह्ुने बताइएको छ ।














