Logo
Logo

सीआईबीलाई यदि दोषी देखिन्छ भने कसैलाई नछोड भनिसकेको छु : प्रधानन्त्री


567
Shares

सुर्खेत । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईबीलाई दबाब नदिएको प्रष्टीकरण दिएका छन् । बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा समाजवादी मोर्चाद्वारा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री र गृहमन्त्रीमाथि आफू निकटका व्यक्तिहरुलाई जोगाएको आरोप लागेपछि प्रष्टीकरण दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि त्यसलाई पनि नछोड भनिसकेको छु । यो कुरा मैले गहिरोगरी सबैलाई विचार गर्न अनुरोध गर्छु ।’

गठबन्धन मोर्चा अघि बढाइसकेपछि प्रतिक्रियावादीहरुलाई खपिनसक्नु भएको टिप्पणी गर्दै उनले आफूहरुले चार पार्टी मात्रै नभएर देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले राम्रो काम गरिरहेको समेत बताए । सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउनका लागि कुनै किसिमको सम्झौता नगरिएको बताउँदै सरकार गठनको ८ महिनासम्म राम्रो काम गरिरहेको र राम्रो गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर हेरिरहेको बताए ।

आफूलाई व्यक्तिगत स्वार्थ केही पनि नरहेको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो ग¥यो र उस्तो ग¥यो भन्छन् त्यो वाहियात हो । राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।’

प्रतिक्रिया दिनुहोस्