Logo
Logo

माओवादीको तीन महिने अभियान : नेताहरु को कहाँ खट्दैछन् ?


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबारदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु गर्दैछ । तीन महिनासम्म चल्ने अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ ।

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अभियानको औपचारिक उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्नेछन् । त्यसबारे शुक्रबार पत्रकार सम्मेलन गरी विस्तृतरुपमा जानकारी गराइएने भएको छ ।

गत केन्द्रीय समिति बैठकबाटै माओवादीले ७५३ पालिकाको ६ हजार ७४३ वडामा एकसाथ अभियान सुरु गर्ने कार्यतालिका तयार गरिसकेको छ । पार्टी रुपान्तरण अभियानमा पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार समिति, प्रदेश कमिटी सदस्यहरू र जनवर्गीय संगठनलाई एकसाथ खटाइने भएको छ ।

जसका लागि गत साउन १७ देखि २१ गतेसम्म काटमाडौंमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिसकेको छ । केन्द्रीय सदस्यहरूलाई अन्तरजिल्ला पर्नेगरी कार्यविभाजन गरिएको छ ।
जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चन्द्रागिरि–२ मा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको छ । साथै, अध्यक्ष प्रचण्ड सातै प्रदेशका एक–एक वडामा खटिने बताइएको छ ।

यस्तै, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा खटिने भएका छन् भने उपाध्यक्ष अग्नि सापकोटा लिशंकु पाखर गाउँपालिका–३ सिन्धुपाल्चोक, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२ मा खटिने भएका छन् ।

यस्तै, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, वर्षमान पुन कामनपा–१६, जनार्दन शर्मा चन्द्रागिरि–२, मात्रिका यादव वीरेन्द्र नगरपालिका–१ सुर्खेत खटिने भएका छन् ।

यसैगरी, सचिवमा डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, हितराज पाण्डे पालुङटार–६ गोरखा, चक्रपाणि खनाल, विराटनगर महानगरपालिका–१८ मा खटिने भएका छन् ।

यस्तै, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, गणेश साह काठमाडौं महानगरपालिका–१०, सुरेन्द्र कार्की बुद्धशान्ति–४ झापा, बागलुङ नगरपालिका–१२, श्रीराम ढकाल चन्द्रागिरि–२ मा खटिने भएका छन् । अन्य पदाधिकारीलाई कुन स्थानमा खटाइने भन्ने शुक्रबारसम्म टुंगो लाग्ने प्रवक्ता सापकोटाले बताएका छन् । उनका अनुसार कार्यविभाजनमा अनुसार खटाइएका नेताहरु शु्क्रबारबाट आफ्नो क्षेत्रतिर प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्