Logo
Logo

सुक्खा पहिरो खसेर मनास्लु पदमार्ग अवरुद्ध


378
Shares

गोरखा । सुक्खा पहिरो खसेर मनास्लु पदमार्ग अवरुद्ध भएको छ । धार्चे गाउँपालिका–७ खानीबेंसीमा पहिरो खसेर पदमार्ग पुरिएको हो । पदमार्ग पुरिँदा उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ ।

खानीबे‌सीँ भीरबाट झरेको सुक्खा पहिरोले पदमार्गको करिब १५ मिटर क्षेत्र ढाकेको धार्चे(७ का वडासदस्य पान्दुर गुरुङले बताए ।

धार्चे गाउँपालिकाको केन्द्र माछाखोला, उहिया, केरौजा तथा सिंगो चुमनुव्री गाउँपालिका पुग्ने बाटो नै पहिरोले ढाकेपछि आउजाउ ठप्प भएको उनले बताए ।

बिहीबार दिउँसो ३.३० बजे पहिरो खसेपछि उत्तरी गोरखा आउजाउ गर्ने पैदलयात्रु बीच बाटोमै रोकिएका छन् । केही यात्रु नौली खोला र केही खानीबेंसीमा रोकिएको गुरुङले जानकारी दिए ।

स्थानीयवासी पैदल नै आउजाउ गर्थे । उक्त सडकखण्डअन्तर्गत खानीबेंसीको पहिरोले दुई पालिकाका बासिन्दाको आवतजावत रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्