Logo
Logo

१९औं एसियाली खेलकुद: नेपालले जापान र कम्बोडियासँग खेल्ने



काठमाडौं । नेपाली क्रिकेट टोलीले १९औं एसियाली खेलकुदमा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ ।

नेपाल, जापाना र कम्बोडिया समूह बी मा छन् । समूह ए मा अफगानिस्तान र मंगोलिया छन् । समूह सी मा हङकङ, चीन र सिंगापुर छन् ।

समूह डी मा बहराइन, माल्दिभ्स र मलेसिया छन् । हरेक समूहका शीर्ष चार टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् ।

नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ । नेपालले अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा हुनेछ । खेल टि२० शैलीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्