Logo
Logo

समाजवादी मोर्चाको सभा पोखरामा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने



काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले आज गण्डकी प्रदेशको पोखरामा सन्देशसभा आयोजना गर्दैछ । उक्त सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चाका शीर्ष नेताहरूले आज सम्बोधन गर्ने भएका छन् ।

सभालाई प्रधानमन्त्री ‘प्रचण्ड’सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए ।

दलहरु मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धतासहित समाजवादी मोर्चा गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्