Logo
Logo

आज नेपाल र बहराइन भिड्दै



काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र बहराइन भिड्दैछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपाल आजको खेलमा पनि अपराजित रहन चाहन्छ। बिहिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ। बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्