
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले सूचना जारी गर्दै आज सापारु र रोपाइँ जात्राको अवसरमा आज महानगरभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा भनिएको छ ।














