Logo
Logo

मधेसमा रास्वपाकाे प्रशिक्षण भेला भदौ १६ र १७ गते



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको रास्वपाले जनाएको छ ।

रास्वपाले विभिन्न प्रदेशमा चलाउँदै आएको प्रशिक्षण अन्तर्गत भोली र पर्सि मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेको पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले प्रशिक्षण दिने कार्यसूची रहेको उपसभापति अर्यालले जानकारी दिएको छ।

त्यस्तै भदौ २२ र २३ गते बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन गरिने उपसभापति अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्