Logo
Logo

६ दिनदेखि हराएका गुल्मपति पण्डित कहाँ गए ?



काठमाडौं । ६ दिन देखि सम्पर्कबिहीन भएका डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपति विमल पण्डितको अवस्था अझै अज्ञाथ नै छ । जिल्लास्थित तिनवटै सुरक्षा निकाय र स्थानीयको संयुक्त टोलीले खोजी गरे पनि अहिलेसम्म उनको अवस्थाबारे जानकारी पाउन सकेको छैन ।

उनको खोजीमा परिचालित टोलीले भेरी किनारमा एक शव फेला परेपछि पण्डितबारे दुःखद खबर हो कि भन्ने आशंका गरिए पनि जाजरकोटकी महिलाको भएको पुष्टी भएको थियो ।

मेजर पण्डितको खोजीमा तीनवटै सुरक्षा निकायबाट विशेष टोली परिचालित भए पनि हालसम्म फेला पर्न नसकेपछि सुरक्षाकर्मीको संख्या र खोजीको दायरा बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव बुढाथोकीले मेजर पण्डितको खोजीमा सेनाका दुवै गणसहित आफूहरू फिल्डमा खटिएको भए पनि कुनै प्रगति भने नभएको बताए ।

मेजर पण्डित आफ्नो सुरक्षा गार्ड नलिई आइतवार साँझ दुनैस्थित ब्यारेकबाट निस्किएर जिप रिजर्भ गरि त्रिपुराकोटसम्म पुगेको जनाइएको छ । त्यसपछि उनले एक स्थानीय व्यापारीलाई फोनपेमार्फत २६ हजार ट्रान्सफर गरिदिएर उनीसँग नगद लिएर त्यहाँबाट हिँडेको जनाइएको छ । सोही दिन उनले परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ। तर त्यसपछि भने उनको मोबाइलको स्वीच अफ रहेको पहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्