Logo
Logo

तातोपानी नाकामा आउजाउ सुरु, सांसद सापकोटाको टोलिलाई चीनमा भव्य स्वागत



काठमाडौं । २०७२ को महाविनासकारी भुकम्पसँगै बन्द रहेको नेपाल चीनको उत्तरी तातोपानी नाका आठ बर्षपछि आजबाट आवतजावत सुरु भएको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटासहित स्थानिय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे ।

सांसद सापकोटा सहितको टोलिलाई चिनियाँले भव्य स्वागत गरेका थिए । यो ऐतिहासिक क्षणको साक्षी बनेर खुसी साट्न नाका खुलाउने नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य सापकोटा ‘सुबोध’ विहानै तातोपानी नाका पुगेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीहरु सहित नाका पुगेका उनले अब नाका पूर्ण सञ्चालनको बाटोमा गएको प्रतिक्रिया दिएका छन् ।

२०७२ साल वैशाख १२ गतेको महाभुकम्पले नेपाल र चीन दुबैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाई पन्छाएर सिमित सुचारु भएको नाका २०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द रहेको थियो ।

चीनबाट सिमित सामान आयातका लागि खुल्ला रहेको नाकाबाट २०८० बैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्