Logo
Logo

बहराइनविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङको निम्तो पाएको छ ।

बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् । हिजो बिहीबार भएको पहिलो खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

नेपालको प्लेइङ ११ मा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, अस्मिना कर्माचार्य, इन्दु बर्मा, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, खुसी डंगोल, कविता जोशी, कविता कुँवर र अप्सरी बेगम छन् ।

प्रतिक्रिया दिनुहोस्