Logo
Logo

बहराइनद्वारा नेपालले पाए ३२ रनको लक्ष्य



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनौटअन्तर्गतको दोस्रो खेलमा बहराइनद्वारा नेपालले जितका लागी ३२ रनको रनको लक्ष्य पाएको छ ।

मलेशियामा जारी खेलमा बहराइनले पहिले ब्याटिङ गर्दै १५।४ ओभरमा ३१ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको हो ।

नेपालका लागि कविता कुँवरले ४ ओभरमा ७ रन दिएर १ विकेट लिइन् । उनले २ मेडन समेत राखेकी थिइन् । नेपालका लागि इन्दु बर्माले ३ विकेट हात पारिन् । उनले चार ओभरमा ५ रन खर्चिएर ३ विकेट हात पारेकी हुन् ।

त्यस्तै खुशी डंगोलले पनि २ विकेट हात पारेकी छन् । त्यस्तै रुविना क्षेत्री र पुजा महतो समान १र१ विकेट लिएका छन् ।

बहराइनका २ खेलाडी रनआउट भएका थिए । त्यस्तै बहराइनका लागि कप्तान दिपीका रासंगीका हेरथले ११ रन बनाइन् भने ओपनर थारांगा इसुरी ५ रनमा आउट भइन् ।

प्रतिक्रिया दिनुहोस्