Logo
Logo

तेस्रोपटक बैठक स्थगित : उपसभामुखले नटेर्दा सभामुख चयन अन्यौलमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ पुस । प्रतिनिधि सभाको बैठक ६ माघसम्मका लागि स्थगित गरिएको छ । आज आइतबारका लागि तय गरिएको बैठक सभामुख चयनका सहमति हुन नसकेपछि स्थगित भएको हो । ४ पुसयता पटक–पटक सूचना टाँस गरेर बैठक स्थगित हुँदै आएको हो ।
पुस ११, १६ हुँदै २७ पुसलाई राखिएको बैठक आइतबार बस्दै नबसी ६ माघसम्मलाई स्थगित गरिएको हो । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजनीनामा दिन नेकपाले निर्देशन दिएपनि राजीनामा दिन अस्वीकार गरेपछि आइतबारको बैठक बस्न नसकेको हो । शनिबार बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्वाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर, तुम्बाहाम्फेले आफू नेकपाको सदस्य नभएको भन्दै राजीनामा दिन अस्वीकार गरेकी छन् ।

सभामुख तुम्बाहाम्फेले पार्टीको निर्देशन समेत अस्वीकार गरेपछि नेकपामा सभामुख चयन जटिल बन्दै गएको छ । यसै सन्दर्भमा आइतबार बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र दाहालको छलफलमा उपसभामुख शिवमायालाई समेत बालुवाटार बोलाएर बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।
उपभसामुख तुम्बाहाङफेले नेताहरुको सुझावविपरित आइतबारको बैठक सुचारु गर्ने जनाएकी थिइन् । नेकपामा सभामुख कसलाई बनाउने भन्ने नेकपाका अध्यक्षद्वयबीच मतभेद हुँदै आएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली नेता सभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने योजनामा छन् भने अर्को अध्यक्ष दाहाल अग्नि सापकोटा वा पम्पा भुषालमध्ये एकलाई सभामुख बनाउनुपर्ने पक्षमा रहेका छन् । दुवै अध्यक्षको अडान नछाड्दा सभामुख चयन अन्यौलमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्