Logo
Logo

‘माधव नेपाल निर्दोष सावित, अब प्रश्न उठाउने ठाउँ छैन’


3k
Shares

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको दाबी गरेका छन् ।

समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले अब नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको बताए ।

उनले भने, ‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरु के हो कसो हो भनिराखे, पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएको उनको दाबी छ ।

माधवको सँगै आफ्नो पनि टेन्सन हटेको उनले सुनाए । उनले भने, ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो, अब त्यो स्थिति रहेन ।’

सरकार ‘निर्दोष नफसुन्, दोषी नछुटुन’ भन्ने मान्यताका साथ अगाडि बढेको भन्दै उनले दोषी जेल गइरहेका र निर्दोषहरु निर्दोष साबित भएको दाबी गरे । भ्रष्टाचार विरुद्धको अभियान सरकारले कसैलाई नछाड्ने पनि उनले दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्