Logo
Logo

एमाले महासचिव पोखरेल नेतृत्वको टोली आज चीन जाँदै


567
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन भ्रमणमा जाने भएका छन् ।१२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गर्न लागेको उनले बताए । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्