Logo
Logo

गोरखा-आँबुखैरेनी सडकको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय


567
Shares

काठमाडौं । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

सेनाको टोलीले उक्त वस्तु निष्क्रय पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए। मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा प्रेसर कुकर फेला परेको थियो। त्यसपछि सडकमा सवारी आवागन ठप्प भएको थियो ।

शंकास्पद वस्तु निष्क्रिय भएसँगै सडक खुलेको छ। प्रेसर कुकरभित्र बारुद, सिसाका टुक्रा, र लाइटर भेटिएको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी भइरहेको एसपी श्रेष्ठले बताए।

आज शनिबार बिहान मर्निङ वाकमा हिडेका स्थानियले उक्त शंकाष्पद वस्तु देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्