Logo
Logo

पर्यटनमन्त्री किराँतीद्वारा बेलबारीमा वृक्षारोपण गर्दै तीन महिने अभियान उद्घाटन


567
Shares

विराटनगर । पर्यटनमन्त्री सुदन किरातीले मोरङको बेलबारी बहुमुखी क्याम्पस र सहिद प्रतिष्ठानमा वृक्षारोपण गर्दै माओवादीको तीन महिने अभियान उद्घाटन गरेका छन् ।

घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ माओवादीले आजदेखि सुरु गरेको तीन महिने जनतासँग विषेश रुपान्तरण अभियान अन्तर्गत बेलबारीको जिम्मा पाएका मन्त्री किराँतीले वृक्षारोपण गरी अभियानको उद्घाटन गरेका हुन् ।

किरातीले आजै दिउँसो अभियानको औपचारिक उट्घाटन गर्ने र साँझ ५ बजे ९ नम्बर वडामा स्थानीयसँग भेटघाट कार्यक्रम पनि राखेका छन् ।

माओवादीले आगामी निर्वाचन २०८४ लाई लक्षित गर्दै सबै स्थानिय तहमा विषेश अभियान सुरु गरेको छ । आज प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा भर्चुअलमार्फत एकसाथ ब्यानर खोलेर अभियानको उद्घाटन गरेका छन् । आज उद्घाटन भएका कार्यक्रमको रेकर्ड दिउँसो १ बजे देशैभरीका वडाहरूमा सुनाउने गरी ब्यवस्थासमेत मिलाइएको जनाइएको छ ।

उक्त अभियानका लागि माओवादीले पार्टी पदाधिकारीहरूलाई विभिन्न जिल्लामा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्