
काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा भुटानले नेपाललाई ४० रनको सामान्य लक्ष्य दिएको छ ।
मलेसियामा जारी खेलमा पुरै २० ओभर ब्याटिङ गरेको भुटानले ८ विकेटको क्षतिमा ३९ रन मात्रै बनाउन सक्यो ।
भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १–१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।
टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १–१ विकेट लिए ।
नेपाल तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।














