Logo
Logo

माओवादी फोस्रा गफसहित जनतामा भ्रम छर्न हिड्यो : बाबुराम


504
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रले सुरु गरेको रुपान्तरण अभियानलाई सय वटा मुसा खाएर तीर्थ यात्रामा हिँडेको बिरालोसँग तुलना गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नुलाई सयवटा मुसा खाएर तीर्थ यात्रामा हिँडेको बिरालोसँग तुलना गरेका हुन् ।

उनले माओवादी केन्द्रको नाम नलिएरै भनेका छन्, ‘सयवटा मुसा खाएर बिरालो तीर्थ यात्रामा हिँडेथ्यो रे ! केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहन/भागवण्डा, कमिसनखोरी, शक्ति केन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासितालगायतका दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तै उस्तै भएन र ?

माओवादी केन्द्रले शनिबारदेखि तीन महिने ‘जनतासँग विशेष रुपान्तरण अभियान’ सुरु गरेको छ । त्यसका लागि नेताहरु गाउँगाउँ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्