
दार्चुला । दार्चुलामा आधा किलो चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मार्मा गाउँपालिका–२ कोटथलाका रामसिंह धामी ५ सय ६५ ग्राम चरेशसहित पक्राउ परेका हुन् ।
मार्मा गाउँपालिका—२ सेलबिसास्थित पसल संचालन गरिरहेका धामीलाई प्रहरीले शुक्रबार दिउँसो साढे चार बजेतिर पसलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विशेष सूचनाको आधारमा धामीले सञ्चालन गरेको पसलमा छापा हान्दा ५ सय ६५ ग्राम चरेशसहित पक्राउ परेका हुन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।














