Logo
Logo

बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु


378
Shares

धनगढी । बाजुराको बडिमालिका नगरपालिका–६ कोर्दमा चट्याङ लागेर शनिबार राति बालिकाको मृत्यु भएको छ ।

स्थानीय माझथला लेकको खर्कमा राति परेको चट्याङबाट कोर्द गाउँका तुले रावलकी ११ वर्षीया छोरी परु रावलको मृत्यु भएको स्थानीय पदमबहादुर बडुवालले बताए ।

चट्याङबाट रावलका दुई भैंसी र एक गोरुसमेत मरेको बडुवालले बताए । बडिमालिका नगरपालिका पूर्व नगरप्रमुख समेत रहेका कोर्द गाउँकै स्थानीय बडुवालका अनुसार घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्