Logo
Logo

पेप्सीकोला दुर्घटनामा एक सशस्त्र प्रहरीको मृत्यु


92.7k
Shares

काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकमा आज बिहान भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो ।

योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ । यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ ।

यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बोलेरो, स्कुटर र ्मोटरसाइकललाई एकसाथ ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्