Logo
Logo

लुम्बिनीको नेतृत्व सहमतिमा टुंग्याउन पद्मालाई ओलीको निर्देशन


2.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको नेतृत्व चयन सहमतिमै गर्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको अधिवेशन अन्तरगत आइतबार बन्द सत्रमा बोल्दै ओलीले सकरभर सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बन्द सत्रमा एउटा पद नहुँदैमा केही नबिग्रिने बताउँदै ओलीले नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे ।

उनले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई दिएका छन् । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु प¥यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’ प्रतिनिधिहरूलाई समेत इन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्