Logo
Logo

एमाले महासचिव पोखरेल र चिनियाँ अधिकारीबीच भेट


945
Shares

बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली र चिनियाँ अधिकारीबिच भेटवार्ता भएको छ ।

चीन भ्रमणका रहेको उक्त टोलीलाई आज चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपमहानिर्देशक जाउ यीले स्वागत गरेका थिए । स्वागतपछि दुई पक्षीय भेटवार्ता भएको भ्रमण दलका सदस्य पत्रकार राजेश राईले जानकारी दिए ।

तीन करोड बढी जनसंख्या भएको स्थानीय सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको छलफलबाट एमालेको चीन भ्रमणको औपचारिक सुरुवात भएको छ । एमाले महासचिव पोखरेल नेतृत्वकाे २२ सदस्य भ्रमण दलले चीनमा १२ दिन बिताउने छन् ।

प्रतिक्रिया दिनुहोस्