Logo
Logo

गृह मन्त्रालयद्वारा सिडिओको सरुवा, सोलुखुम्बुमा महिला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ पुस ।

गृह मन्त्रालयले विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)को हेरफेर गरेको छ ।


सरुवा अनुसार कपिलवस्तुमा दीर्घनारायण पौडेल, रौतहटमा वासुदेव घिमिरे र सोलुखुम्बुमा रमा आचार्यलाई सिडिओका रुपमा पठाइएको छ । पौडेल अध्यागमन कायाृलय, घिमिरे, कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा कार्यरत थिए । कपिलवस्तुका सिडिओ गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक, रौतहटका कामु सिडिओ किरण थापाको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सोलुखुम्बुका बेदनिधी खनालको सहायक सिडिओका रुपमा रुपन्देहीमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्