Logo
Logo

कोशी नाम खारेजीको माग गर्दै चुम्लुङले मनायो स्थापना दिवश (फोटोफिचर)


3.3k
Shares

काठमाडौं । किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नामकरणको विरोध गर्दै आफ्नो ३५ औँ स्थापना दिवस बनाएको छ । आइतबार ललितपुरको जावलाखेलमा जम्मा भएर च्याब्रुङ बजाउँदै ¥यालीसहित विरोध प्रदर्शन गरेको हो ।

झण्डै पाँच सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकदेखि एकान्तकुनास्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयसम्म विरोध ¥यालीको आयोजना गरिएको हो ।

सोक्रममा प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान÷किरात कायम गर, आदिवासी जनजाती एक हौं, प्रदेशको नाम कोशी मान्दैनौँ लगायतका नारा लगाइएको थियो । विरोध कार्यक्रममा कुरुम्बाङ संजुम्भो परिवार, किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमिति, लिम्बू विद्यार्थी मञ्च, चेम्जोङ वंश उत्थान संघलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्