Logo
Logo

दार्चुलामा डेंगुले १४ वर्षीया बालिकाको मृत्यु


945
Shares

दार्चुला । दार्चुलामा डेंगु संक्रमणले एक बालिकाको मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा ९ कक्षामा अध्ययनरत १४ वर्षीया जेलिना चैसिरको उपचारका क्रममा मृत्यु भएको हो ।

राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका प्रधानाध्यापक राजेश सिंह सामन्तका अनुसार डेंगु लागेपछि बालिकालाई उपचारका लागि भारत उत्तराखण्डको हल्द्वानीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालिकाको मृत्यु भएको सामन्तले बताए ।

सुरुमा बालिकालाई सामान्य ज्वरो आएको थियो । उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो । उनमा डेंगुका लक्षण देखिएपछि भारतको पिथौरागढ लगिएको थियो । उनको अवस्था थप जटिल बनेपछि हल्द्वानी रेफर गरिएको थियो । बालिकाको मृत्युमा राष्ट्रिय मावि दत्तुले आइतबार एक दिन शोक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्