Logo
Logo

मिर्गौलापीडित निशानका लागि सहयोग आउनेक्रम जारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ पुस । मिर्गौलापीडित निशान कुुरुम्बाङको उपचारका लागि सहयोग जुट्नेक्रम जारी छ । तेह्रथुम, फेदाप–१ का २५ वर्षीय निशान करिब एक वर्षयता दुवै मिर्गौला फेल भएपछि उपचारत छन् । उनको हरेक साता ललितपुरस्थित सुमेरु अस्पतालमा डायलसिस हुँदै आएको छ ।
आर्थिक अभावका कारण मिर्गौला प्रत्योपणमा समस्या भएपछि ‘निशान कुरुम्बाङ बचाऔँ अभियान’अन्र्तगत यसअघि दक्षिण कोरियामा रहेका नेपालीबाट रु २ लाख ४५ हजार आर्थिक सहयोग आएको थियो ।
यस्तै, निशानको उपचारका लागि लामो समयदेखि हङकङमा बस्दै आएका फेदाप–१ का शिवजंग कुरुम्बाङ (एसजे)बाट रु ७ हजार ४ सय २५ र सिंगापुरका कार्यरत फेदापकै भीमकुमार निङ्लेखुबाट ५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । त्यस्तै, लामो समयदेखि श्रीलंकामा व्यवसायी गर्दै आएका फेदापकै डिजे कुरुम्बाङबाट २० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
मिर्गौलापीडित निशानको उपचार सहयोगका लागि याक्थुङ कुरुम्बाङ सङ्जुम्भो परिवारले पहल गर्दै आएको छ । अहिलेसम्म निशानको उपचारका लागि सहयोग गर्ने सहयोगी मनहरुप्रति कुरुम्बाङ सङ्जुम्भो परिवार आभार व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्