Logo
Logo

कोशी नाम खारेजीको माग गर्दै किरात राई विद्यार्थी संघले मनायो रजत जयन्ती


1.5k
Shares

काठमाडौं । किरात राई विद्यार्थी (किरावि) संघले कोशी प्रदेशको नामकरणको विरोध गर्दै आफ्नो २५ औँ स्थापना दिवस बनाएको छ ।

आज (आइतबार) विभिन्न कार्यक्रम आयोजना गरी किरावि संघले आफ्नो रजत जयन्ती मनाएको हो । केन्द्रीय समिति र जिल्ला समितिले शुभकामना आदानप्रदान, वृक्षरोपण, वक्तृत्वकला, वृहत सांस्कृतिक तथा कोशी प्रदेश नाम खारेज सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएका हुन् । 

संघले संस्थापक अध्यक्ष नवीन राईको सम्झनामा ‘रक्तदान तथा दीप प्रज्वलन’ कार्यक्रममा गरेको थियो । राईलाई तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको थियो । उनी अझै पनि बेपत्ता पारिएको सूची समावेश छन् । 

संघले उनको खोजीको माग गर्दै आएको छ । उनको खोजीको लागि संघले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा उजुरी समेत दिएको छ । कार्यक्रममा विद्यार्थी तथा नागरिक समाजका विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए । 

संघले आफ्नो जातिको मात्र नभई आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम तथा अल्पसङ्ख्यकहरू माथिको भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक तथा शैक्षिक विभेदको विरुद्ध सशक्त आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्