Logo
Logo

पूर्वमन्त्री जोशीको बिगो ६२ करोड घटाउन पत्राचार


2.6k
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएका पूर्व मन्त्री चन्द्रदेव जोशीको बिगो रकम घटाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा पत्राचार गरेको छ ।

अदालतमा थुनछेक बहस चलिरहँदा सीआईबीले त्रुटी भएको भन्दै सच्याउन आग्रह गरेपछि सरकारी वकिलले यसअघि अभियोगमा दायर गरिएको रकमभन्दा ६२ करोड कम गर्न पत्राचार गरेको हो ।

यसअघि जोशीलाई ६३ करोड १० लाख रुपैयाँ बिगो भराउने दाबी गरिएको थियो । तर सिआइबीको आग्रहपछि सरकारी वकिलले त्यसलाई सच्याएर १ करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम गर्न अदालतलाई भनेको हो ।

जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले प्रतिवादीमा बिनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम त्रुटिका कारण परेको भन्दै हटाउन आग्रह गरेका छन् ।

यस्तै प्रविण ताम्राकारलाई सरकारी कीर्तेमा नभई जग्गा फिर्ताका लागि मात्रै प्रतिवादी बनाउन पनि आग्रह गर्दै पत्राचार गरिएको छ । बालुवाटार जग्गा प्रकरणमा आइतबारदेखि थुनछेक बहस भइरहेको छ ।

यस प्रकरणमा मृतक २१ जनासहित ३१० जनालाई प्रतिवादी बनाइएको छ । जसमा १८ जना प्रहरी हिरासतमा छन् । अन्यलाई भने फरार सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्