Logo
Logo

इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब, शेयरधनीलाई १९ प्रतिशत लाभांस दिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ पुस ।
नेपाल इन्भेष्टमेन्ट बैंकले शेयरधनीलाई १९ प्रतिशत लाभांस दिने भएको छ । बैंकले १०.५ प्रतिशत बोनस शेयर तथा ८.५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।


सोमबार सम्पन्न बैंकको ३३ औं साधरणसभाले यस्तो निर्णय गरेको हो । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न साधरणसभाले वित्तिय विवरण स्वीकृत गरेको हो ।
अब बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड पुगेको छ ।
बैंकले आर्थिक वर्ष २०७५÷७६ मा चार अर्ब १३ करोड सञ्चालन मुनाफा कमाएको छ । बैंकको खुन मुनाफा भने तीन अर्ब ३२ करोड पुगेको छ । बैंकको निक्षेप एक खर्ब ५२ अर्ब तथा कर्जा लगानी एक खर्ब २७ अर्ब पुगेको छ ।
बैंकका ८२ शाखा छन् । बैंकले पाँच पटक बैंक अफ दी इयरको अवार्ड पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्