Logo
Logo

‘फूड पोइजनिङ’ भए के गर्ने ?



एजेन्सी । दुषित भोजनको सेवनबाट फूड पोइजनिङ हुने गर्दछ । यो यस्तो प्रकारको समस्या हो जसको उपचार आफैँ गरेर एक दुई दिन या एक हप्तामा सामान्य हुन सकिन्छ ।

फूड पोइजनिङको सामान्य लक्षणहरु उल्टि हुनु, वाकवाकी लाग्नु, ऐंठन हुनु लगायत हुन् । फूड पोइजनिङ लामो समय रहने रोग नभए पनि गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई भने यसले धेरै नै समस्यामा पार्छ ।

प्रदूषित खानेकुराका कारण हरेक वर्ष ६० करोड मानिस बिरामी हुन्छन् भने ४ लाख २० हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तंथ्यांक छ ।

फूड पोइजनिङ भएको बेला अत्याधिक पानी, चिया या जुस पिउनु पर्दछ । यसले तपाईँको शरीरमा हुने निर्जलिकरणलाई कम गर्न मद्धत गर्दछ । फूड पोइजनिङबाच बच्न यी कुराहरुमा ध्यान दिनुपर्छ ।

‘फूड पोइजनिङ’ भए के गर्ने ?

मादकपदार्थ, दुध या कफिनयूक्त पेय पदार्थ नखाने

नरम खाद्य पदार्थ सेवन गर्ने, जस्तै भात, केरा, टोस्ट आदी ।

मसलादार, अत्याधिक तेलयूक्त र हाई फ्याटयूक्त खानेकुरा नखाने ।

आफ्नो खानामा प्रोबायोटिक्स् समाबेश गर्नुहोस्, यसले राम्रा व्याक्टेरियालाई पुनः ल्याउन मद्धत गर्दछ ।

हरिया खानेकुराहरु, तुलसीको पात, धनिया, जीरा खाने ।

अत्याधिक पानी, चिया या जुस पिउने ।

सम्भव भएसम्म आराम गर्नुहोस्, किनभने फुड पोइजनिङले थकानलाई बढाउँछ । यति गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा चिकित्सकलाई देखाएर औषधी प्रयोग गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्