Logo
Logo

कतारविरुद्ध नेपालको जित, एक खेल अगावै सेमिफाइनल प्रवेश 


1.5k
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

कतारले जितका लागि दिएको ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा नै पुरा ग¥यो । नेपालको जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् । इन्दुले १२ बलमा २० रन बनाएकी हुन् ।

सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्