Logo
Logo

बालेनले फेसबुकबाट हटाए ‘सिंहदरबार जलाउने’ स्टाटस


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन् ।

महानगरको गाडी रोकिए सिंहदरबारमै आगो लगाउने धम्की दिएका उनले चौतर्फी आलोचना भएपछि सोमबार बिहान उक्त स्टाटस हटाएको पाइएको हो ।

शनिबार बेलुका बालेनले सरकारप्रति आक्रोशित हुँदै लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

त्यसपछि उनको चर्को आलोचना भएको थियो । तर, उक्त स्टाटस अहिले देखिँदैन । उनकी श्रीमती सवार गाडीलाई प्रहरीले रोकेको विषयलाई लिएर उनले उक्त स्टाटस लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्