Logo
Logo

कोशीमा सशस्त्र प्रहरीद्धारा गोताखोर तालिम सञ्चालन



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ ।

पानीमुनिको गहिराइमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो । कोशी प्रदेशमा हाल गोताखोरको संख्या ६ मात्रै रहेको छ ।

सीमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकिएको अवस्थालाई मध्यनजर गर्दै बराह बाहिनीले प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय र सहकार्यमा गोताखोर तालिम सञ्चालनमा ल्याइएको जनाएको छ ।

तालिम पश्चात् तयार हुने दक्ष जनशक्ति आवश्यकताका आधारमा विभिन्न स्थानमा खटिने भएकाले प्रदेशमा खोज तथा उद्धारको कार्य छिटो र छरितो तवरले सम्पादन हुने बराह बाहिनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्