Logo
Logo

लसुन चिया पिउनुका फाइदै-फाइदा



हामी हाम्रो भान्सामा तरकारी पकाउदा प्रयोग गर्ने लसुनबाट चिया समेत बनाउन सकिन्छ । यस बारेमा तपाइँहरुलाई थाहा नहुन पनि सक्छ । यदि थाहा छैन भने आउनुहोस् जानौं लसुनको चिया खानुका फाइदाका बारेमा ।

लसुनमा एकदमै धेरै पोषक तत्वहरु पाइन्छ, यसमा एलिसिन नामको स्वस्थ कम्पाउन्ड पनि हुन्छ । यसमा एन्टीब्याक्टेरियल, एन्टीभाइरल, एन्टीफंगल तथा एन्टीअक्सीडेन्ट जस्ता कैयौं गुणहरु हुन्छन्, जसकारण लसुनले हाम्रो शरिरलाई निकै फाइदा गर्छ ।

एक गिलास पानीमा लसुनको एक कल्ली, अदुवाको एक टुक्रा, एक चम्चा कागतिको रस र एक चम्चा मह राखेर लसुनको चिया बनाउन सकिन्छ । लसुनको चिया प्रत्येक विहान खाली पेटमा पिउन सकिन्छ । यो त्यति नै फाइदाजनक हुन्छ, जति एउटा लसुनको कल्ली खाँदा हुन्छ । त्यसैले आजैबाट लसुनको चिया पिउन थाल्नुस र अनेकन लाभ प्राप्त गरौं ।

लसुनको चिया सेवनबाट हुने फाइदाः
मुटु स्वस्थ हुन्छ
लसुनको चियाको सेवनले शरीरमा रक्तसञ्चार ठिक हुन्छ जसले गर्दा मुटुसम्वन्धी समस्याहरु उत्पन्न हुन दिँदैन ।

वजन कम गर्छ
यस चियाको सेवन गर्दा तपाईंको शरीरमा रहेका सबै विषाक्त पदार्थ बाहिर निस्किन्छन् । यसको कारणले शरीरमा रहेको अतिरिक्त बोसो नष्ट हुन्छ र तपाईंको वजन कम हुन्छ ।

पाचन ठिक हुन्छ
बिहान–बिहान लसुन चिया सेवन गर्दा तपाईंको शरीरको मेटाबोलिज्म ठिक सहन्छ र जसले पाचन तन्त्रले ठीकसँग काम गर्छ ।

मधुमेह नियन्त्रणमा
दैनिक यो चियाको सेवन गरियो भने शरीरको कोलस्ट्रोल तह कम हुन्छ र यसले गर्दा मधुमेह हुँदैन ।

रुघा–खोकीमा आराम
लसुन एक एन्टिबायोटिक हो त्यसैले यसको चिया नियमित पिउनाले रुघा, खोकी, ज्वरो आदिले सताउँदैनन् ।

रगत सुद्ध हुन्छ
लसुन चियाको नियमित सेवन गर्नुभयो भने शरीरबाट विषाक्त पदार्थ सजिलै बाहिर निस्किन्छन् र यसले गर्दा रगत सुद्ध हुन्छ ।

प्रतिरोधक क्षमता बढ्छ
लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ । यसले तपाईं कुनै पनि रोगसँग लड्न सकिनेछ ।

छालामा निखार आउँछ
लसुनमा भिटामिन ए, बि १, बि २ र सी अधिक मात्रामा पाइनछ । त्यसैले यसको चियाको सेवनले छालामा चमक आउँछ ।

हड्डी मजबुत हुन्छ
लसुनमा भिटामिनका साथसाथै ठूलो परिमाणमा मिनरल्स, जस्तै क्याल्सियम र म्याग्नेसियम आदि पनि पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ ।

क्यान्सरबाट बचाउँछ
लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गर्छ । यसले गर्दा तपाईंलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्