काठमाडौं । राप्रपाका सांसद ज्ञानबहादर शाहीले क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शाहले प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई पुरस्कार उपलव्ध गराउने घोषणा गरेपनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले खेलाडीलाई दिने भनिएको रकम रोकिएर राख्नुको कारण समेत माग गरे । शुभकामना मात्रै दिएर खेलाडीको मनोबल उच्च नहुने भन्दै उनले उत्कृट नजिता निकाल्न अभावलाई हटाउने काम पनि राज्यले गर्नुपर्ने बताए । सांसद शाहीले भोकोपेटले राष्ट्रबादलाई कहाँसम्म धान्ने भन्ने प्रश्नचिन्ह खडा हुने समेत बताए ।














