काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ओडिआई खेलमा १ हजार रन पूरा गरेका छन् ।

श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा सोमबार जारी खेलमा कुशलले १ हजार रन पूरा गरेका हुन् । कुशलले ४६ ओडिआइ खेलको ४५ इनिङस्मा हजार रन बनाएका हुन् । कुशलले आडिआइमा सर्वाधिक १ सय १५ रन प्रहार गरेका छन् ।
ओडिआईमा ६ अर्धशतक र १ शतक हानेका छन् । १०३ चौका र २० छक्का हानेका छन् ।
सन् २०२१ मा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्ध खेल्दै कुशलले आडिआईमा डेब्यु गरेका थिए ।














