Logo
Logo

भारतविरुद्धको खेलमा नेपालले कटायो एक सय रन


1.1k
Shares

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन कटाएको छ ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै १०१ रन बनाएको हो ।


अहिले नेपालका गुल्सन झा र आसिफ शेख क्रिजमा छन् । आसिफले ७६ बलमा ७ चौकासहित ४५ रन र झा रन जोडेर खेलिरहेका छन् ।

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल २८ रनमा क्याच आउट भएका थिए । अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका थिए । उनलाई शार्दुल ठाकुरले आउट गरेका थिए ।

त्यस्तै कप्तान रोहित पौडेल ८ बलमा ५ रन जोडेर आउट भए । भीम सार्कीले भने १७ बलमा ७ रन जोडेका थिए । कुलश मल्ल भने ५ बलमा २ रन जोड्दै आउट भए ।

प्रतिक्रिया दिनुहोस्